मोवाईल चार्जमा लगाउदा करेन्ट लागी एकको मृत्यु

death2019-04-28

मोबाइल चार्ज लगाउँदा करेन्ट लागेर कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको वेदकोट नगरपालिका–६, मुसेपानीका ३५ वर्षीय घुम्मन डगौँरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

मोबाइल चार्ज लगाउने क्रममा गएराति करेन्ट लागेर आफ्नै घरमा ज्यान गुमाएका डगौँराको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित