समाजसेवी सुदिप सुवेदी गंगानगर माविको अध्यक्ष चयन

Sudip Subedi

चितवन ।
भरतपुरका समाजसेवी तथा वैद्धिक व्यक्तित्व सुदिप सुवेदी महानगर अन्र्तगत वडा नम्बर १३ गंगानगरमा रहेको श्री मावि को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त भएका छन् ।
विद्यालयको आज सम्पन्न दोश्रो पूर्ण बैठकले सुवेदीको अध्यक्षतामा  सीता महत्तो, भिष्मकान्त अधिकारी, राजकुमार कौसीया, राधा गौतम, लक्ष्मी बोहरा, प्रकाश दुवाडी र सदस्य सचिवमा विद्यालयका प्रअ श्रीराम देवकोटा रहने गरि ७ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो । 

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेर आफुलाई यो जिम्मेबारि दिनुुहुने सबैमा धन्यबाद दिदै उनले बिधालयको शैक्षिक गुणस्तर बृद्धि गर्दै श्री माविलाई जिल्लाकै उत्कृष्ट नमुना बिधालय बनाउन आफु सधै गम्भिर भएर लाग्ने समेत बताए ।

 

प्रतिक्रिया

सम्बन्धित