नविसंघको अध्यक्षमा ४८ बर्षिय राजीव ढुंगाना नियुक्त

rajib dhungana

काठमाडौं
नेपाली कांग्रेसको भात्री संस्था नेपाल विद्यार्थी संघले नयाँ नेत्रित्व पाएको छ । कांग्रेसले ४८ वर्षीय राजीव ढुंगानालाई नेपाल विद्यार्थी संघको अध्यक्षमा नियुक्त गरेको हो ।

नैनसिंह महर नेतृत्वको नेविसंघ विघटन गरेपछि गत वर्ष माघदेखि नेविसंघ नेतृत्वविहीन थियो। नेविसंघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा नेविसंघ काठमाडौंका अध्यक्ष मनोज बैद्य र पाल्पाकी महेश्वरी कुँवरलाई मनोनयन गरिएको छ । अध्यक्ष ढुंगाना नेतृत्वको समितिलाई छ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिइएको छ। त्यो अधिवेशनमा अहिले तदर्थ समितिमा रहेकाहरूले उम्मेदवार हुन भने पाउने छैनन्,। सभापति देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलासँग परामर्श गरी नेविसंघ सभापति र महामन्त्री मनोनित गरेका हुन्।

नेविसंघमा विधान मिचेर ९ जना महामन्त्री राख्ने सहमति नेताहरूबीच भइसकेको छ।

नेविसंघ तदर्थ समिति गठनको विषयमा १३ माघको केन्द्रीय कार्यसमिति बैठकमा सहमति भएको थियो । सभापति देउवाले गत वर्ष १ फागुन २०७५ मा केन्द्रीय कार्यसमितिको बैठकमै नेविसंघ तदर्थ समिति गठन गर्ने निर्णय गराएका थिए । बिहीबार अध्यक्षमा नियुक्त गरिएका ढुंगाना र महामन्त्री वैद्य तथा कुँवर तीनै जना सभापति देउवानिकट संस्थापन पक्षका विद्यार्थी हुन् । ३२ वर्षे उमेरहद लागु गर्नुपर्ने मागसहित विधान कार्यान्वयन गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा चार दिनदेखि निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी आमरण अनसनमा छन्।


अनसनको वास्ता नगरी सभापति देउवाले विधान मिचेरै आफू निकट ढुंगानालाई नेविसंघ अध्यक्ष बनाएका हुन्। १ सय २७ सदस्यीय हुने तदर्थ समितिमा पौडेल र सिटौला पक्षबाट सिफारिस भएकाहरूलाई पनि समावेश गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित