जोखिमपूर्ण नेपालका फिटनेस सेन्टरहरु, साउनामा वाफ लिन गएका दम्पतीको मृत्यु

 Hasta-thapa-netra-pun

ललितपुर । 

ललितपुर १४ विशालचोकमा रहेको फिट एण्ड फाइन जिमखानामा रहेको क्लबमा साउना लिन गएका दम्पती मृत अवस्थामा फेला परेका छन् । ललितपुर महानगरपालिका १४ मा बस्दै आएका ४० वर्षीय हस्त गुबार्जा मगर र ३७ वर्षीय नेत्रकुमारीको मृत अवस्थामा फेला परेका हुन् ।

जिमखानामा जिम गरिसकेपछि उनLहरु साउना लिन गएका गएका थिए । लामो समय साउनाबाट ननिसक्नेपछि ढोका फोडेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेका थिए । घट्ना लगत्तै प्रहरीले  उपचारका लागि पाटन अस्पताल पुर्‍याएपछि चिकित्सकले थापा र पुनलाई मृत घोषित गरेको थियो ।

तत्कालै पाटन अस्पताल पुर्‍याएका मगर दम्पतीलाई अस्पतालले ९ बजेर ५० मिनेटमा मृत घोषणा गरेको थियो ।  प्रहरीको प्रारम्भीक अनुसन्धानले उनीहरुको मुत्यृ साउना बाथ लिने क्रममा निसास्सिएर भएको हुनसक्ने महानगरीय प्रहरी परिसर  ललितपुरले जनाएको छ । 

ललितपुरको यो घटनाले नेपालका फिटनेस सेन्टरहरू कति जोखिमपूर्ण छन् भन्ने उजागर गरेको छ। त्यतिमात्र होइन, यसले फिटनेस सेन्टरहरूले गरिरहेको लापरवाही र सुरक्षामा गरिरहेको खेलाँचीलाई समेत उदांगो पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित