एजेन्टको स्वार्थ अनुकुल डेढ अर्व निकासी, कमिसन नपाउँदा बीरमा स्वीकृत टेण्डर पनि रद्द गरियो

काठमाडौं । गरिव र निमुखा जनताका लागि खोलिएको नेपालकै सबैभन्दा पूरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मेडिकल उपकरण खरिद र कर्मचारी नियुक्तिमा अरबौं भ्रष्टाचार भइरहेको खुलासा भएको छ । उपकरण खरिदमा सरकारी दर रेट भन्दा चार गुणा बढि पैसा खर्च गरेर टेण्डर स्वीकृत गरेपछि वीर अस्पतालका उपकुलपति डा. गणेश गुरुङ, डिन योहनचन्द्र शिवाकोटी, सेवा आयोगका सदस्य सचिव लक्ष्मण अर्याल, एमाले स्वास्थ्यकर्मी संघका केन्द्रीय अध्यक्ष एमव् सिटी एमआरआई विभागका प्राविधिक कर्मचारी भक्तिमान सुब्बालगायतको समूहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्न लागेको छ । यो समूहले करोडौं ममिसन कुम्ल्याउने योजना बनाएको भन्दै उजुरी परेको थियो । उक्त समूह एमालेको नाम बेच्दै तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले वीर अस्पताल सुधारका लागि दिएको डेढ अर्व रुपैयाँ आफू निकटलाई टेण्डर पारेर करोडौं कमिसन कुम्ल्याउने र आफू निकटलाई टेण्डर पार्न नसके उपकुलपतिमार्फत बदर गरी पुनः आफू निकटलाई पार्न सक्रिय भएर लागेको छ ।

 वीर अस्पतालमा भएको रङ रोगन, लिफ्ट जडान, सिटी स्क्यान मेसिन, क्यान्सर टेमोग्राफी मेसिन र फोहोरमैला व्यवस्थापन उपकरणको टेण्डर स्वीकृत गरी करोडौं कमिसन हात पारिसकेको छ । ५० करोड भन्दा बढि नपर्ने मेडिकल उपकरणहरुलाई गुरुङको समूहले ८८ करोड ८१ लाख रुपैयाँमा सेटिङमा टेन्डर हाल्न लगाई स्वीकृत गरेको छ । त्यसैगरी २० करोड पर्ने टोमाग्राफी मेसिन खरीद टेण्डरमा पनि ४० करोड मूल्य भएको कम्पनीलाई टेण्डर पारिएको छ भने ५ करोड ५० लाख पर्नेे सिटी स्टिमुलेटरको मुल्य ७ करोड ९९ लाख र ३० करोड मूल्य पर्ने हाइ इण्ड नेभिगेसन सिस्टम भएको इन्ट्रा अपरेटिभ सिटीको मुल्य ४० करोड ९० लाखमा टेण्डर स्वीकृत गरिएको छ । यसले पनि के प्रष्ट पार्छ भने गरिव र निमुखा जनताको पैसामा -याल चुहाउने गुरुङको समूहले करोडौं कमिसन हात पारिसकेको छ ।

गुरुङको समूहले टेण्डर स्पेसिफिकेशन बनाउँदा नै पूर्व मन्त्री थापाका एजेन्ट मानिने विशाल पण्डितको कम्पनी लाइफ लाइन ट्रेड इन्टरनेशनल र हस्पिटेक इन्टरप्राइजेज तथा उमेश अग्रवालको बायोमेड इन्टरनेशनलसँग मिल्ने गरि बनाएका थिए । टोमोग्राफी सिटी स्टिमुलेटर हाइ इण्ड नेभिगेसन सिस्टमको इन्ट्राअपरेटिभ सिटी खरीदसम्बन्धि टेन्डरमा पण्डितको लाइफ लाइनले वितरण गर्ने एक्युरे ब्रान्डको टोमोग्राफी, हस्पिटेकले वितरण गर्ने फिलिप्स ब्रान्डको सिटी स्टिमुलेटरलाई मात्र शत प्रतिशत मिल्ने प्राविधिक विवरण राखेर बाँकी कम्पनिलाई नियतबस प्रतिस्पर्धाबाट बञ्चित गराइएको थियो । टेण्डर विड गर्दा अग्रवालको कम्पनीले कम मूल्य राखेको भएपनि टेण्डर भने पण्डितको कम्पनीलाई परेको छ ।

 उपकुलपतिको समूह र सप्लायर्सका मालिक पण्डितको मिलेमतोमा गरिएको उक्त टेण्डरका कारण करोडौं रुपैयाँ भ्रष्ट्राचार भएको हुँदा टेण्डरसम्बन्धि प्रक्रियाको छानबीन गरी दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै वीरका कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा उजुरी हालेका थिए । स्रोतका अनुसार कमिसन मोहमा फसेका उपकुलपति गुरुङको समूहले आफूले भने बाहेकको अन्य कम्पनीले आधिकारिक रुपमा टेण्डर पाए पनि त्यसलाई रद्द गर्ने सम्मको चलखेल गर्दै आएको छ । वीरले फोहोरमैला व्यवस्थापन गर्न उपकरण खरिदका लागि असार २२ गते दुई करोड ७० लाख ६२ हजार रुपैयाँ कबोल गर्ने एक कम्पनीलाई स्वीकृति प्रदान गरे पनि उक्त समूहले कमिसन नपाउने भएपछि टेण्डर नै रद्द गराएको छ ।

 टेण्डर स्वीकृत भएको सूचना सार्वजनिक गरेको ५ दिनपछि अस्पतालले कुनै पनि कारण नखुलाई भूल–सुधार गरिएको भन्दै कम मूल्य कबोल गरिएको उक्त टेन्डर नै रद्द गरेको हो । यो टेण्डर रद्द भएसँगै पण्डित र गुरुङ समूहको मिलेमतोमा कतिसम्मको हर्कत हुँदोरहेछ भन्ने पुष्टि भएको छ । बोलपत्र आह्वानमा तोकिएको सबै प्रक्रिया पूरा गरी सबैभन्दा कम रकम कबोल गरेको अग्रिम इन्टरप्राइजेज र कस्मिक इन्टरप्राइजेजलाई अस्पतालले टेन्डर परेको भन्दै दैनिक पत्रिकामा असार २२ गते सूचना प्रकाशन गरेको थियो । तर, एकाएक टेण्डर रद्द भएको सूचना प्रकाशित गरेर अस्पतालले जात्रा देखाएको छ । उक्त मेसिन खरिदका लागि अग्रिम इन्टर प्राइजेज र कस्मिक इन्टरप्राइजेज सहित नेसनल बायो मेडिकल, सिन्धु सर्जिकल, म्याप इन्टरप्राइजेज, क्लिन टेक र कमलेस ट्रेड प्रालीले आवेदन हालेका थिए । तीमध्ये सबैभन्दा बढी क्लिन टेकको ५ करोड ७६ लाख ३० हजार रुपैयाँ थियो भने सबैभन्दा कम अग्रिमको २ करोड ७० लाख ६२ हजार ८ सय ३७ रुपैयाँ थियो । त्यस्तै, नेसनलको ३ करोड ६७ लाख २५ हजार, सिन्धु सर्जिकलको ३ करोड ९३ लाख ३२ हजार ४ सय, म्याप इन्टरप्राइजेजको ३ करोड २४ लाख र कमलेस ट्रेडको ३ करोड १ लाख ७५ हजार रुपैयाँ थियो ।

 उपकुलपति गुरुङको समूहमाथि टेण्डरमा मात्र होइन कर्मचारी भर्ना, सेवा आयोग परिक्षा, अस्पताल भित्रको पार्टेसन, पिसिएल, विएन, एममडीएमएस प्रवेश परिक्षा, अस्पतालको औषधी, प्याथोलोली, एक्सरे टेण्डरलगायतमा आफू निकटसँग कमिसन लिएर भर्ना र औषधी आयात गर्दै आएको आरोप छ । उनीहरुले अख्तियार र लोक सेवा आयोगको निर्देशन विपरित वीर अस्पताल र ट्रमा सेन्टरमा नियम विपरित कार्यालय सहयोगी देखि शाखा अधिकृतसम्म कर्मचारी भर्ना गरी लाखौं रुपैयाँ उठाएको पनि स्रोतको दावी छ । सेवा आयोगमार्फत कर्मचारी भर्ना गर्दा कमिसन लिएका परिक्षार्थीलाई मात्र पास गराउन गुरुङ, अर्याल, नवराज धितात, हिमालय तिवारी र विष्णु फुँयालले रातारात उत्तर पुस्तिका नै परिवर्तन गरेको समेत वीर अस्पताल स्रोतको दावी छ ।

 उनीहरुले पिसिएल, विएन, एममडीएमएस प्रवेश परिक्षामा समेत नक्कली परिक्षार्थी राखेर आफू निकटकालाई पास गराएको यस अघि नै खुलिसकेको छ । जनु प्रकरण अहिले पनि अख्तियारमा विचाराधिन छ । असारमा भएको एमडीएमएस प्रवेश परिक्षा मेरिड लिष्ट अनुसार पहिलो लिष्टमा दुई सय २० र दोस्रो लिष्टमा नौ सय ६१ जना परिक्षार्थीको नाम निकाल्दा गुरुङको समूहले वर्णानुक्रम अनुसार करोडौं रुपैयाँ उठाएको प्रतिष्ठान स्रोत बताउँछ । यूनाइटेड पोस्टमा खबर छ

प्रतिक्रिया

सम्बन्धित