कर्जा तथा बचत खातामा कुमारी बैंकको नयाँ व्याजदर सार्वजनिक

kumari bank

कुमारी बैंकले कर्जा तथा बचत खाताका लागि नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबारदेखि नै लागू हुने गरेर नयाँ व्याजदर घोषणा गरेको हो ।
नयाँ व्याजदरअनुसार बैंकले सामान्य बचतमा न्यूतम ५.५० प्रतिशतदेखि अधिक्त्तम ६.५० प्रतिशतसम्म व्याज दिने बताएको छ । यस्तै, फिक्स डिपोजिटमा व्यत्तिगत तर्फ ९.२५ प्रतिशत व्याज दिइने उल्लेख छ । साथै, संस्थागत तर्फ ८.५० प्रतिशत व्याज दिइने छ । संस्थागततर्फको नविकरण गर्दा ८.६० प्रतिशतसम्म व्याज दिइने बैंकको भनाइ छ ।
यस्तै, कर्जा प्रवाह गर्दा बेस रेटमा ६ देखि ८ प्रतिशतसम्म प्रिमियम तिरेर व्याज लिने बैंकको भनाइ छ । हाल बैंकको आधारदर अर्थात् बेस रेट १०.४५ प्रतिशत छ । जसअनुसार बैंकबाट कर्जा लिँदा १६.४५ देखि १८.४५ प्रतिशतसम्म व्याज लाग्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित