काठमाडौंका यी स्थानमा शनिवार दिनभर बक्ति नहुने

Electricity

चक्रपथ विस्तारका लागी रुख काट्नुपर्ने भएकाले काठमाडौको केही स्थानमा भोलि दिनभर बत्ती नहुने भएको छ। नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएकाले महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन शनिबार बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो। बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रका विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जारी गरेका सुचनामा उल्लेख छ ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित