हेटौडामा दुई विद्यालयमा बसमा आगजनी

buss

काठमाडौं -

  हेटौँडाको  पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी  भएको छ ।  ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको छ ।

स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएका थिए ।  आगलागी आफैँ  अथवा कसैले  गरेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित