त्रिशूलीमा कायक च्याम्पियनसीप

 

download

काठमाडौं -

त्रिशूली नदीमा कायक च्याम्पियनसीप प्रतियोगिता २०२० आयोजना गरिएको छ । चितवनको इच्छाकामना–३ फिस्लङस्थित त्रिशूली नदीमा शुक्रबार र शनिबार दुई दिन प्रतियोगिता गरिएको हो ।  

 देशभरका ३१ प्रतियोगी सो प्रतियोगितामा रञ्जन कँडेल प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय भए ।   राना र  तामाङले क्रमशः ४७० र ४३० अङ्क प्राप्त गर्नुभएको थियो ।  प्रथम,द्वितीय र तृतीय हुनेलाई रु २५ हजार, २० हजार र १५ हजार सहित र प्रमाणपत्र प्रदान गरिएको थियो ।  विद्यागत प्रतियोगितातर्फ स्प्रिन्टमा मोहन राना प्रथम, शक्तिकुमार गुरुङ द्वितीय र रञ्जन कँडेल तृतीय र हेड टु हेडमा डम्बरबहादुर पुर्वाछाने प्रथम, मोहन राना द्वितीय र सुमन तामाङ तृतीय भए ।

नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङका अध्यक्ष मिलन गुरुङले   भ्रमण वर्षको अवसरमा गाउँपालिकाले शुरु गरेको भिजिट इच्छाकामनालाई सहयोग पुर्‍याउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङको आयोजनामा सम्पन्न प्रतियोगिताका प्रवद्र्धक  इच्छाकामना गाउँपालिका रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित