भागबण्डा मिलेसँगै मन्त्रिपरिषद विस्तारको गृहकार्यमा प्रधानमन्त्री देउवा

काठमाडौं । दलहरूबीच मन्त्रालय बाँडफाँटमा सहमति भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद विस्तारको  गृहकार्यमा जुटेका छन् । देउवाले कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिकलगायतका दलहरूसँग आन्तरिक परामर्श गरेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । दलहरूबीच भएको सहमति अनुसार नेपाली कांग्रेसलाई १३, माओवादी केन्द्रलाई ९, फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय दिइनेछ ।

 माओवादी केन्द्रले हाल सम्हालेका परराष्ट्र, गृह, शहरी विकासका अतिरिक्त ऊर्जा, स्वास्थ्य, कृषि विकास, आपूर्ति, न्याय तथा कानून र पशुपंक्षी विकास मन्त्रालय पाउने छ ।

 फोरम लोकतान्त्रिकले स्थानीय विकास, पर्यटन र भूमिसुधार मन्त्रालय पाउनेछ भने नेकपा संयुक्तले एक मन्त्रालय दिने सहमति भएको स्रोतको भनाइ छ ।

 कांग्रेस र माओवादीले राप्रपा र अरू साना दल सहभागी हुने अवस्थामा उनीहरूलाई चार वटा मन्त्रालय छुट्याएर प्रधानमन्त्रीकै नेतृत्वमा राख्ने सहमति गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित