एसएसपीको बढुवामा दुई नम्वरमा परेका सिंह दाङमा किन चर्चित बन्दैछन् ?

घोराही । दाङ आएको छोटो  समयमा राम्रो काम गरेर चर्चित बन्न सफल दाङका प्रहरी प्रमुख एसपी धिरजप्रताप सिँह आफ्नो ब्याजबाट एसएसपीमा दुई नम्बरमा बढुवा भएका छन् । जिल्लामा आएको छोटो समयमै काम गरेर चर्चित बनेका दाङका प्रहरी प्रमुख समेत रहेका सिंहलाई दंगालीले निकै रुचाएका छन् ।  बढुवा सूचीमा दोस्रो नम्बरमा पर्दै एसएसपीमा बढुवा भएपछि दाङमा उनको चर्चा निकै चुलिएको छ । तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिमार्फत यहाँका काँग्रेसका नेताहरुले प्रहरी प्रमुख सिँहलाई जुवाडेहरु छुटाउन दिएको दबाबलाई उनले ठाडै अस्वीकार गरेका थिए ।

 गृहमन्त्री निधिको आदेशलाई समेत चुनौती दिएका सिंहको जिल्लाको बसाइँको छोटै समयमा कार्य दक्षताको मुल्याङ्कन गरेर गृह मन्त्रालयले एसएसपीमा वढुवा गरेको छ । जुवाडे छुटाउने तत्कालिन गृहमन्त्रीको दबाबलाई अस्वीकार गरेर चुनौती दिएको भनेर चर्चामा आएका सिंहले गुन्डागर्दी र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न जिल्लामा एकपछि अर्को गर्दै ठूलो सफलता पाएका थिए । यहाँको शान्ति सुरक्षाको वातावरण चुस्तदुरुस्त राख्न राजनीतिक दल, पत्रकार, नागरिक समाज लगायतका सरोकारवाला निकायले एसपी सिंहलाई सहयोग गर्दै आएका छन् ।

 भर्खरै तुलसीपुरमा भएको बहुचर्चित अपहरण र हत्यामा पनि उनले आफ्नो नेतृत्व खुबी देखाएका थिए । तुलसीपुरका ब्यवसायी राजकुमार श्रेष्ठ र रणबहादुर घर्तिको अपहरण र हत्यामा संलग्न भएका अभियुक्तहरुलाई पक्राउ गर्नुका साथै स्थानीय तहको चुनाव अगाबै ठूलो संख्यामा विष्पोटक पदार्थसहित हतियार बरामद गरेर दाङ प्रहरीले ठूलो दुर्घटना हुनबाट जोगाएको थियो । सिंह बढुवा हुनेमा आफ्नो ब्याजमा दोस्रो भएका छन् । बढुवा भएपछि सिंहलाई फोन र फेसबुकबाट बधाईको ओइरो लागेको छ । उनी यसअघि पनि प्रवल जन सेवाश्री पदक २०७३ बाट सम्मानित भएका थिए । प्रहरी संगठनभित्र मध्यपश्चिममा यो पदक प्राप्त गर्ने एसपी सिंह मात्रै हुन । एसपी सिंह दाङ आएको एक वर्ष भन्दा बढी भइसकेको छ । जेठको अन्तिमबाट एसपी सिंहले काज सम्हालेका थिए । दाङमा आएलगतै उनले जुवातास र गुन्डागर्दी नियन्त्रणमा विषेश भूमिका निर्वाह गरेर चर्चामा आएका थिए ।

 त्यसपछि उनले खोलाजन्य वस्तुको अवैद्य उत्खनन् नियन्त्रणमा भूमिका खेले ।  वैदेशिक रोजगारीभित्र हुँदै आएको ठगी, ढुकुटीका नाममा हुँदै आएको मनोमानी, दर्ता नगरी सञ्चालित औषधी पसल, काठ तस्करी नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रण लगायतमा उनले खेलेको भूमिकाको विशेष चर्चा हुने गरेको छ ।

 एसपी सिंहले प्रहरी नियमावली र आचरणविपरित काम गर्ने प्रहरीलाई समेत कारबही गरेका छन् । ट्याक्टरका पाटपूर्जा चोर्नेदेखि वालुवा गिट्टी उत्खननमा तस्करहरुसँग मिलेमतो गर्ने प्रहरीका सिपाहीदेखि डिएसपीसम्मलाई कारबाही गर्ने साहस उनले देखाए । कानुन भन्दामाथि कोही छैन भन्ने मान्यता राख्ने उनले छोटो समयमै दङ्गाली माझ एउटा असल छवि बनाउन सफल भएका छन् । हालसम्म दाङ आएका एसपीहरुमध्ये सिंह एक इमान्दार र स्वच्छ छवि भएका एसपी मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित