जापान पठाई दिने भन्दै ठगेर फरार भएका तामाङ पक्राउ

5d3a84e42e174_11

काठमाडौं । आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई फरार रहेका कसूरदार भक्तपुर सूर्यविनायक नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने ३७ वर्षीय अजय तामाङलाई शुक्रबार कोटेश्वर काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाका तामाङले आकर्षक वैदेशिक रोजगारको लागि जापान पठाई दिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिई आफूले पठाउँछु भने बमोजिम वैदेशिक रोजगारमा नपठाई रकम ठगी गरेका थिए ।

वैदेशिक रोजगार कसूरको ३ वटा मुद्दाहरुमा वैदेशिक रोजगार न्यायाधिकरणको २०७५ मंसिर २४ गतेको फैसलाले ३ वटै मुद्दामा गरी जम्मा ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा उक्त सजाय बेरुजु रही फरार तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुर मार्फत कारागार कार्यालय डिल्लीबजार पठाइएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित