व्यापारी शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जना पक्राउ

1c54629d-f7d7-3253-8269-994d4a064273_1530079246

काठमाडौं । व्यापारी शोभाकान्त ढकालको घरमा बम विस्फोट गराउने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका ढकालको घर नागार्जुन नगरपालिका–१, ढुंगेधारा चर्सरीमा माघ १ गते विस्फोट गराइएको थियो।

घटनामा संलग्न रहेको आरोपमा सात जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दैलेखका भीम अधिकारी (रक्षक), कास्कीका विजय भनिने विष्णुप्रसाद अधिकारी, रामेछापका हरिचन्द्र खड्का, गोरखाका कपिल भट्ट, गोकर्णेश्वर काठमाडौंका दिनेश नगरकोटी, गोरखाकै विकास थापा र सिन्धुपाल्चोकका राजकुमार मगर छन्।

उनीहरू सबै नेक्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित