कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत फिर्ता हुने प्रणालीकाे शुभारम्भ

Yubaraj-Khatiwada

काठमाडौं । कार्डमार्फत कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी गर्दा आजबाट उपभोक्ताले १० प्रतिशत रकम फिर्ता पाउने भएका छन् ।

पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिए पनि अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेसँगै यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा आएको हो ।

कार्यक्रम शुभारम्भ भएसँगै अब उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता पाउने भएका छन् ।

सरकारले यस वर्षको बजेटमार्फत उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित