नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घााटन

pp

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालय परिसरमा नवनिर्मित अडिटोरियम र महानगरीय प्रहरी पहरा गण सामाखुसी परिसरमा नवनिर्मित ब्यारेक भवनको मंगलबार उद्‍घाटन गरेका छन् ।

प्रहरी महानिरीक्षक खनालले नवनिर्मित अडिटोरियमको प्रहरी प्रधान कार्यालयमा र महानगरीय प्रहरी पहरा गण सामाखुसीमा नवनिर्मित ब्यारेक भवनको सोही गणमा आयोजित छुट्टाछुट्टै कार्यक्रमबीच उद्घााटन गरेका हुन ।

उद्घा्टन पश्चात प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माण कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कन्सल्ट्यान्ट ईन्जिनियर डा. पुरुषोत्तम डंगोल, निर्माण व्यवसायी नवराज श्रेष्ठ, प्रहरी वरिष्ठ उपरीक्षक फणिन्द्र बराल र प्रहरी निरीक्षक रोशन सारुलाई प्रशंसापत्र वितरण गरे । छोटो अवधिमा नै गुणस्तरीय भवन निर्माण सम्पन्न भएको उल्लेख गर्दै गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय पुननिर्माण प्राधिकरणको साथै भवन निर्माण कार्यमा सहयोग पुर्याखउने व्यक्तित्वहरुप्रति उनले आभार प्रकट गरे ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबै प्रहरी कर्मचारीहरुले निष्ठापूर्वक एवं इमानदारिताकासाथ जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । संगठनको सुधार एवं आन्तरिक सुदृढिकरणको लागि आफू सदैव लागि परेको चर्चा गर्दै प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउनका लागि अनवरत रुपमा अगाडि बढेको उहाँले बताउनुभयो । आन्तरिक सुद्धिकरणका कारण नेपाल प्रहरी सर्वोत्कृष्ट हुन सफल भएको उहाँले उल्लेख गरे ।

आफ्नो ३० वर्षे लामो सेवा अवधिमा आफू कार्यरत विभिन्न प्रहरी कार्यालयका लागि भवन निर्माण सम्पन्न गर्दै आएको स्मरण गर्दै प्रहरी महानिरीक्षक खनालले आफ्नो प्रयास प्रहरीकै शिर उँचो पार्न बाहेक कुनै सम्झौता नगरेको चर्चा गरे । सेवा पश्चात पनि भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि आफू सदैव क्रियाशील रहने विचार व्यक्त गर्दै नागरिक समाजमा रहेर समेत संगठनको श्रीवृद्धिको लागि योगदान गर्ने उनले बताए ।

समारोहमा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ई। लोकेशचन्द्र सिंहले स्वागत मन्तव्य तथा भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट नवनिर्मित आधुनिक, सुरक्षित र समय सापेक्ष निर्माण सम्पन्न भएको अडिटोरियममा बढी क्षमता सहितको मुख्य हल, कन्फेरेन्स तथा मिटिङ हल रहेको सो अवसरमा जानकारी दिइयो । साथै महानगरीय प्रहरी पहरा गण सामाखुसीको परिसरभित्र नेपाल सरकारको नियमित बजेटबाट निर्मित ब्यारेक भवनमा पहरा गण, सवारी महाशाखा, विपद् व्यवस्थापन महाशाखा, सिनियर प्रहरी आवास, कक्षाकोठा र परिक्षार्थी ब्यारेक समेत रहेको सोही अवसरमा जानकारी गराइयो ।

समारोह पश्चात् प्रहरी महानिरीक्षक खनाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले नवनिर्मित भवनहरुको अवलोकन समेत गर्नुभएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित