सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

accident-new-photo-ज्ञज्ञ-1

काठमाडौं । मोरङ र चितवनमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

मोरङ, बुढिगंगा गाउँपालिका–५ स्थित सडकमा को.२७ प ८३६७ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सुनसरी दुहबी नगरपालिका–८ बस्ने २७ वर्षीय दिपेश चौधरीको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

चितवन, माडी नगरपालिका–६ तमुचोकस्थित सडकमा प्रदेश ३–००१ प.३५९६ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक सोही नगरपालिका३ बसन्तपुर बस्ने ५१ वर्षीय दामोदर बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित