सिन्धुपाल्चोकमा भाइरल ज्वरो:बिरामीको संख्या २०० पुग्यो, स्वाथ्यकर्मी पठाइदै

sidhu 

काठमाडौं :

सिन्दुपाल्चोकको एक स्थानीय तहमा भाइरल ज्वरो बढेको देखिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली बुधबार त्यसतर्फ पठाइदै गरेको जनाएको छ ।

छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जनाइएको हो । बुधबार बिहानसम्ममा बिरामीको संख्या बढेर दुई सय एक जना पुगेको स्थानीयले जनाएका छन् ।

'पहिले एक परिवारको सदस्यलाई ज्वरो देखियो, त्यपछि पुरै परिवारमा देखिएको थियो ' गुम्बाका एक स्थानीयले भने । कतिपय भने छिमेकीदेश चीनमा नोवेल कोरना भाइरस फैलिएको अवस्थामा नेपालमा सरेको हुनसक्ने भन्दै त्रसित भएका छन् ।

विरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी, श्वास प्रश्वासमा कठिनाईलगायतका समस्या देखिएको स्थानीयले बताएका छन् । चीनको सीमा क्षेत्र भएपनि हिमालका कारण चीनसँग त्यति आवतजावत हुने गरेको छैन ।

तामाङ समुदायको बाक्लो बस्ती भएका कारण प्रकोप तिब्ररुपमा फैलिन सक्ने भएकाले बुधबार केही मास्क र औषधीसहित त्यसतर्फ पठाइदै छ ।

गाउँपालिका कार्यालयले रोग पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष टोली पठाइदिन पत्राचार पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित