चाँगुनारायणको नगरपरिषदद्धारा खेलकुदका पदाधिकारी तथा खेलाडी सम्मानीत

changu

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले हालैमात्र प्रदेश सरकारबाट नियुक्त भएका खेलकुद समितिका पदाधिकारी तथा सार्क खेलकुद प्रतियोगीतामा स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ।

छैठौँ नगरसभाको अवसरमा जिल्ला खेलकुद समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछवा र सदस्य सरोज थापालाई सम्मान गरिएको छ । नगर प्रमुख सोम मिश्रले अध्यक्ष कासिछवा र सदस्य थापालाई सम्मानपत्र र खादासहित सम्मान गरेका हुन् ।

सोहि कार्यक्रममा हालै सम्पन्न सार्क खेलकुद प्रतियोगितामा स्वर्ण पदक बिजेता खेलाडी सुस्मिता तामाङ्गलाई नगद १ लाख रुपैँया सहित सम्मान गरिएको थियो ।

मंगलबार सम्पन्न नगरपरिषद्को बैठकले वडा नं ५ को घुमाउनेमा नगरपालिका कार्यालय निमार्ण गर्ने निर्णय गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी गराए । परिषद्ले विभिन्न शिषर्कमा दोहोरो परेको शूल्क फिर्ताको निर्णय समेत अनुमोदन गरेको नगरप्रमुख मिश्रले बताएका छन् ।

759564890_1581467993

प्रतिक्रिया

सम्बन्धित