क्रिकेटमा नयाँ इतिहास : नेपालसँग अमेरिका ३५ रनमा अलआउट, सन्दीपको ६ विकेट

crick

काठमाडौं : एक दिवशीय क्रिकेटमा नेपालले अमेरिकालाई अहिलेसम्मकै कम स्कोरमा अलआउट गरेर नयाँ इतिहास बनाएको छ ।

आइसिसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा अमेरिकाले नेपाललाई ३६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाली स्पिनरसामु निरीह बनेको अमेरिका १२ ओभरमा ३५ रन बनाएर अलआउट भएका हुन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा सन्दीपले अमेरकाविरुद्ध ६ केट लिए । त्यस्तै सुसन भारी र करण केसीले ३/३ विकेट लिए । नेपाली बलर सामु अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले ४ रन कटाउन सकेनन् ।

 

प्रतिक्रिया

सम्बन्धित