दक्षिण कोरियामा ८ घन्टा काम गरे महिनामा १६ लाख कमाइने

काठमाडौं : दक्षिण कोरियामा आगामी वर्ष २०१८ को न्यूनतम तलब प्रतिघन्टा ६.६४ डलर निर्धारण भएको छ । मजदुर, कम्पनी व्यवस्थापन र सरकारका प्रतिनिधि सम्मिलित न्यूनतम ज्याला निर्धारण समितिको बैठकले न्यूनतम ज्याला ७५२० वन निर्धारण गरेको हो । योनहाप न्यूज एजेन्सीका अनुसार यो गत वर्षको भन्दा १६.४ प्रतिशत बढी हो । यसबाट दक्षिण कोरियामा कार्यरत नेपालीहरु समेत लाभान्वित हुनेछन् । २०१७ मा कोरियामा कामदारको न्यूयतम तलब प्रतिघन्टा ६४७० वन थियो । अब यो बढेर ७५३० वन पुग्नेछ । तलबबारे कामदार र व्यवस्थापनका प्रतिनिधिबीच तीन महिनादेखि छलफल हुँदै आएको थियो । मजदुरका प्रतिनिधिले १० हजार बनाउनु पर्ने माग राख्दै आएका थिए । तर, आइतबारको डेडलाइन अघि ७५३० वनमा सहमति जुटेको छ । अब २०१८ जनवरीदेखि दिनको ८ घन्टा काम गरे महिनामा १५ लाख ७३ हजार ७७० वन तलब पाइनेछ । कोरियाका नयाँ राष्ट्रपतिले आफ्नो ५ वर्षे कार्यकालको अन्त्य २०२२ सम्ममा न्यूनतम तलब १० हजार ओन पुर्‍याउने प्रतिवद्दता जनाएका छन् । दक्षिण कोरियामा अगष्ट ५ मा नयाँ न्यूनतम तलब निर्धारण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित