सुनको मूल्यमा नयाँ रेकर्ड कायम

f389b2b83aac18f91bf7f64530731fdd_w1000_h500_cp

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायमभएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ७७ हजार १ सय र तेजाबी सुन ७६ हजार ८ सय पुगेको छ।

त्यस्तै चाँदी पनि प्रतितोला प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। सुनको मूल्यमा यो अहिलेसम्मकै उच्च हो । 

मंगलबार छापावाल सुन ७६ हजार ७ सय र तेजाबी सुन ७६ हजार ४ सय तथा चाँदी ८ सय ९० रुपैयाँ प्रतितोला कारोबार भएको थियो। त्यस्तै सोमबार छापावाल सुन ७६ हजार ५ सय र तेजाबी सुन ७६ हजार २ सयमा कारोबार भएको थियो।

यसअघि माघ १८ मा पहिलोपटक ७६ हजार ५ सयसम्म पुगे पनि पछि केही गिरावट आएको थियो।

प्रतिक्रिया

सम्बन्धित