प्रधानन्यायाधीशमा पराजुलीको नाम अनुमोदन, मुस्कान सहितको सेवा दिने प्रतिवद्धता

काठमाडौं संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशका लागि प्रस्तावित गोपाल पराजुलीको नाम अनुमोदन गरेको छ ।समितिको आइतबार बसेको बैठकले सुनुवाईपछि पराजुलीको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । पराजुलीविरुद्ध समितिमा कुनै उजुरी परेको थिएन । गत विहीबार संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधिशका लागि सिफारिस गरेको थियो। सुशीला कार्की प्रधान न्यायाधीशबाट अवकास पाएपछि पराजुलीले कामु प्रधान न्यायाधीशको भूमिका निर्वाह गर्दै आएका थिए।

तनहुँको काहँ शिवपुर–६ मा जन्मेका गोपाल पराजुली अधिवक्ताबाट कानुनी क्षेत्रमा आएका हुन्। पराजुलीले २०३६ सालदेखि २०४८ असोजसम्म अधिवक्ता बनेर काम गरेका थिए । उनी २०४८ सालमा पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । पराजुली २०७१ मा सर्वोच्चमा न्यायाधीश बनेका हुन्। समितिमा ३९ वटा योजना पेश गरेका उनले मुस्कानसहितको सेवा सुरु गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिमा उपस्थित भएका उनले प्रधान न्यायाधीश हिरोइज्म गर्ने पद नभएको भन्दै प्रद्धति र प्रणालीको पक्षमा रहेर न्यायलयको जनआस्था बढाउन काम गर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित