खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु पर्छ : सांसद बस्नेत

mahesh

भक्तपुर : पूर्व-उद्योगमन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले खेलकुद क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नु पर्ने बताएका छन् । शुक्रबार १३ औँ दक्षिण दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्न सफल भक्तपुर जिल्लाका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्न राखिएको कार्यक्रममा सत्तारुढ नेकपाका केन्द्रिय सदस्यसमेत रहेका बस्नेतले यस्तो बताएका हुन् ।

 86995369_1237666069776579_3562614477985677312_n

उनले समग्र देश भरीनै खेलकुद उद्योगको विकास गर्नु पर्ने बताउदै त्यसको सुरुवात भक्तपुरबाट गरिने समेत बताए । 'खेलको विकासको लागि खेल क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न आवश्यक छ, त्यसको सुरुवात भक्तपुरबाट गर्न म तयार छु' बस्नेतले भने ।
उनले खेल क्षेत्रमा नेपालले पाएको प्रतिफल ठूलो लगानी विना भएको भन्दै लगानी बढाउन आवश्यक रहेको समेत प्रतिक्रिया दिए । भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला, कभर्डहल लगायतका संरचना बनाइने बस्नेतको भनाई थियो । १३ औँ सागमा सरकारको तर्फबाट घोषणा गरिएको पुरस्कार नपाएको गुनासो खेलाडी तथा प्रशिक्षकले गरेको अवस्थामा सांसद बस्नेतले त्यसको लागि पहलकदमी गर्ने बताए । उनले खेल क्षेत्रलाई थप व्वस्थित र मर्यादित बनाउन सक्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बढ्ने बताए ।

86737033_1237666026443250_3220608074746167296_n

 

 

प्रतिक्रिया

सम्बन्धित