शर्माविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा दायर

काडमाडौं : आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई विशेष अदालत पुर्‍याएको छ। कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललसहित शर्माविरुद्ध करिब १० अर्ब ९६ करोड रुपैयाँ भ्रष्टाचारको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्दैछ। अख्तियार हिजो नै शर्मालाई लिएर अदालत पुगेको भए पनि समय अभावका कारण मुद्दा दर्ता हुन पाएको थिएन। फर्छ्यौट आयोग पदाधिकारी बिरुद्ध मुद्दा दायर गर्न अख्तियारले ३०० पृष्ठको फायल तयार गरेको छ। त्यसमध्ये मिसिल मात्र ८० पृष्ठको छ। अख्तियारले फर्छ्यौट आयोगबाट छुट दिएको २० अर्ब ९८ करोड रुपैयाँमध्ये १० अर्ब दुई करोड रुपैयाँ मात्र सदर गरेको हो। बाँकी १० अर्ब ९६ करोड रुपैयाँ बदनियतपूर्वक गैरकानुनी तवरले छुट दिएको अख्तियारको ठम्यार्इ छ। शर्माविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो। कर फर्छ्यौट आयोग २०७१ मार्फत् भ्रष्टाचार गरेको अभियोगमा ३५ दिन अघि शर्मालाई अख्तियारले पक्राउ गरेको थियो। अख्तियारले आयोगका अध्यक्ष महत र उमेश ढकाललाई पनि बयानका लागि पत्र काटेकोमा शर्मा पक्राउसँगै उनीहरु फरार भएका थिए।

प्रतिक्रिया

सम्बन्धित