ट्रकको ठक्करबाट चार प्रहरी घाईते

9c10b801-6f77-3907-9c46-c2aca58765b6_1561985155

रौतहट । ट्रकले प्रहरी भ्यानलाई ठक्कर दिँदा चार जना प्रहरी घाइते भएका छन् ।

चन्द्रनिगाहपुरबाट पश्चिमतर्फ जंगलमा मानसिक सन्तुलन ठिक नभएकी एक महिलालाई बचाउने क्रममा ट्रक अनियन्त्रित भइ ठक्कर दिएकाे हाे । गौरबाट पथलैयातर्फ गइरहेको ना१च १३३१ नम्बरको प्रहरी भ्यानलाई ना६ख ८६२५ नम्बरको ट्रकले आइतबार बिहान ठक्कर दिएको हो ।

दुर्घटनामा गौर बसपार्कका इन्चार्ज प्रहरी नायव निरीक्षक मनोज सिंह र मठिहा प्रहरी चौकीका इन्चार्ज गौविन्द यादव गम्भीर घाइते भएका छन् । उनीहरु दुवैलाई चन्द्रनिगाहपुरमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

सामान्य घाइते भएका प्रहरी नायव निरीक्षक हृदय यादव र प्रहरी जवान सरोज यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित