१५ दिने मिथिला परिक्रमा आइतबारबाट सुरु , प्रचण्डले हेलिकप्टरबाट गरे पुष्पवर्षा

pp

जनकपुर । नेपालको सबैभन्दा लामो दूरीको १५ दिने मिथिला मध्यमा परिक्रमा आइतबारबाट सुरु भएको छ ।

१५ दिने मिथिला परिक्रमा गरेपछि पापमोक्ष हुनुका साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ । धनुषाको ठेरा कचुरीे मठबाट मिथिला विहारीको डोलासँग सुरु भएको परिक्रमा जनकपुरमा पुगेर विश्राम गर्नेछ । मिथिलाको महाकुम्भ भनिने मिथिला मध्यमा परिक्रमा सोमबारदेखि भारत तथा नेपालको विभिन्न क्षेत्रमा पुग्ने ।

परिक्रमाको आरम्भ गर्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुष्प वर्षा गरेका छन् । आइतबार बिहानै मिथिला विहारी नगरपालिकाको कचुरी पुगेका उनले हेलिकप्टरबाट पुष्प वर्षा गरेका हुन् ।

फागुन शुक्ल औंसी तिथीको दिन बिहान कचुरीबाट मिथिला बिहारीको डोला लिएर सुरु भएको परिक्रमा अपरान्ह जनकपुरस्थित रत्नसागर मन्दिरमा पुगेको थियो । परिक्रमामा सहभागी श्रद्धालुहरुले केहीबेर त्यहाँ विश्राम गरेपश्चात् जानकी मन्दिरको दर्शन गर्दै विश्रामका लागि जनकपुरस्थित हनुमाननगर पुगेको हो । आइतबार राति हनुमाननगरमा विश्राम गरी सोमबार बिहानै भारतको कलनाको लागि प्रस्थान गर्नेछ ।

यसैगरी मिथिला बिहारीको डोलासँगै जनकपुरको अग्नी कुण्डस्थित किशोरीजीको डोलासमेत हनुमानगरमा विश्राम गरी विहिबारबाट १५ दिने परिक्रमा गर्नेछ ।

मध्यमा परिक्रमा जनकपुरको हनुमानगढी, भारतको कल्यानेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, धु्रवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही पुग्नेछ ।

यसैगरी पुनः भारतको करुणा, विशौललगायतका धार्मिक स्थल हुँदै जनकपुर पुग्नेछ । नेपाल तथा भारतसहित कुल १ सय ३३ किलोमिटर लामो दूरीको पैदल यात्रा जनकपुरमा एक रात विश्रमा गरी फागु पूर्णिमाको दिन सम्पत्र हुने छ ।

परिक्रमामा नेपाल तथा भारतका हजारौं श्रद्धालुहरु सहभागी हुने गरेकोले मिथिला मध्यमा परिक्रमालाई मिथिलाको कुम्भ पनि भत्रे गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित