छुट्टाछुट्टै स्थानमा भएको आगलागीबाट विभिन्न जलेर धनमाल नष्ट
काठमाडौं । झापा, मेचीनगर नगरपालिका–१३ चारालीस्थित सडकमा भद्रपुरबाट विर्तामोडतर्फ डिजेल लोड गरी आउँदै गरेको ना.३ ख ९७८४ नम्बरको ट्याङकरमा आइतबार दिउँसो वायरिङको तार सर्ट भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा, बीरगंज महानगरपालिका–२१ परवानिपुर बस्ने किशोरी ठाकुरको घरको बरण्डामा पार्किङ गरी राखेका ना.३२ प १८२८, ना.१० प ८५५४ र प्रदेश २–०३–००५ प ७८५४ नम्बरका ३ वटा मोटरसाइकलमा आइतबार राति अचानक आगलागी हुँदा जलेर नष्ट भएका छन् ।
यसैगरी पर्सा, जिराभवानी गाउँपालिका–५ हरैया बस्ने अमिना चौधरीको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आइतबार बिहान आगलागी हुँदा चौधरीको गोठघर र सोही ठाउँ बस्ने सुरेन्द्र भण्डारीको कच्ची घर समेत जलेर दुबै जनाको गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
।
प्रतिक्रिया