जिप कर्णाली नदीमा खस्याे, चालक बेपत्ता

1582608464Jeep-Accident

सुर्खेत । कालिकोटको नरहरि गाउँपालिकाबाट रास्कोटतर्फ जाँदै गरेको जिप कर्णाली नदीमा खसेको छ ।

लु १ ज ४१४१ नम्बरको बोलेरो जिप नदिमा खस्दा जिप चालक दैलेख गुराँस गाउँपालिका–४ का १९ वर्षे चक्रबहादुर खड्का बेपत्ता भएका छन् ।

बेपत्ता चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । चालकको खोजी र नदीबाट जीप उत्तार्नका लागि प्रहरी घटनास्थलतर्फ गएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार यात्रु ओरालेर ब्याक गर्ने क्रममा बिहान १० बजेतिर कर्णाली नदीमा खसेको हो । जितेगडा बजारको पुल पारी बिहान १० बजेतिर दुर्घटना परेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित