जिप दुर्घटना मा परी १ को मृत्यु ५ घाइते

9c10b801-6f77-3907-9c46-c2aca58765b6_1561985155

सुर्खेत । गुर्भाकोट नगरपालिका–९ झुल्केमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–९ का २४ वर्षीय भूपाल खत्री रहेको प्रहरीले जनाएको छ ।

उनको मेहलकुना अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । सो दुर्घटनामा जिप चालक सिम्ता–९ कै २६ वर्षीय जीवन पुन, वडा नम्बर ५ का १९ वर्षीय जयबहादुर अधिकारी, ३० वर्षीय सुर्यबहादुर रोकाय, २८ वर्षीय ईश्वर गिरी र २२ वर्षीय वीरुनाथ योगी रहेका छन् । तिनीहरू मध्ये चालक पुनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नेपालगञ्जबाट सुर्खेतको जामुने बजारतर्फ आउँदै गरेको लु १ ज ४०७९ नम्बरको जिप अनियन्त्रित भई सडकको बाया भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटना शुक्रबार बिहान ३ बजे भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित