सुकुटे महोत्सव उद्घाटनका लागि प्रचण्ड सुकुटेमा  

Prachanda Sukute

सिन्धुपाल्चोक ।

प्रथम सुकुटे महोसत्सवको उद्घाटनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०सिन्धुपाल्चोकको सुकुटे पुग्नु भएको छ । सिन्धु पर्यटन संघद्वारा भ्रमण वर्षलाई लक्षित गरी आयोजना गरिएको प्रथम सुकुटे महोत्सव शनिबारदेखि मंगलबार सम्म चल्ने बताइएको छ ।

अध्यक्ष दाहाल आज सुकुटेस्थित भोटेकोसी बीच रिसोर्टमा बिश्राम गर्ने र भोलि महोत्सवको उद्घाटनपछि काठमार्डौ फर्किनु हुने कार्यक्रम रहेको छ । सुकुटेस्थित त्रिकोणात्म बगरमा हुने यो महोत्वसव अवलोकनका लागि महोत्सव स्थानसम्म जानका लागि बोटिङको व्यवस्था गरिएको छ भने महोत्सवमा बिभिन्न जातजातिको कला, संस्कृति, झाँकी र गीत संगितको प्रस्तुती रहने जनाइएको छ ।  महोत्सव अवधिभर कम्तिमा २० हजार पर्यटक भित्र्याउने र पाँच करोड बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

महोत्सव अबधिभर अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले र्‍याफ्टिङ, खाना, बाससहित होटल, रेस्टुराँको सम्पूर्ण सेवामा ३० प्रतिशत छुट पाउँने छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित