आजको राशिफल (१९ फाल्गुन ०७६ सोमवार) 2 March,2020

rashiphal

राशिफल फाल्गुण १९, २०७६ ,–2 March,2020, सोमवार

पञ्चाङ्ग :
वि.सं. २०७६ फागुन १९। सोमबार। इ.स २०२० मार्च २। शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण । शिशिर ऋतु। ने.सं। ११४० चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष । सप्तमी, ८स:२३ उप्रान्त अष्टमी। नक्षत्र– रोहिणी, ३०:१२ बजेउप्रान्त मृगशिरा । योग– वैधृति, ९:१८ बजेउप्रान्त विष्कम्भ । करण– वणिज, ८:२३ बजेदेखि भद्रा, २०:४१ बजेउप्रान्त वव । आनन्दादिमा प्रवर्द्धमान योग । चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६: २९ बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ७ पला। सर्वार्थसिद्धियोग ८:२३ बजेसम्म र २०स:४१ देखि ३०स:१२ बजेसम्म ।

राशिफल :

मेष – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।

वृष – पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।

मिथुन – आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।

कर्कट – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।

सिंह – घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।

कन्या – नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।

तुला – आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।

वृश्चिक – पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।

धनु – बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।

मकर – व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।

कुम्भ – बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।

मीन – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।

प्रतिक्रिया

सम्बन्धित