सफल शल्यक्रियाकाेलागि प्रधामन्त्रीलाई माेदिकाे शुभकामना

dagzkxqvwaaqz1g-685813925

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सफल शल्यक्रियाको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

मोदीले सोमबार एक ट्विट गर्दै प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

    Capture_1

मोदीले, ‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ भनि ट्विटरबाट पोष्ट गर्नुभएको छ ।

साथै नेपाल–भारतबीचचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा रहेको पनि उल्लेख गर्नुभएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित