नेपालमा प्रिमनसुन सुरु ,यस्तो छ आगामी तीनदिनको मौषमी पूर्वानुमान
काठमाडौ ।
नेपालमा प्रिमनसुन सुरु भएको छ। मौसमविद्का अनुसार मार्च १ अर्थात् हिजो आइतबारबाट औपचारिक रूपमा प्रिमनसुन सुरु भएको हो । वर्षा याम लाग्नु अगाडिको तीन महिना अर्थात् मार्च, अप्रिल र मे महिनालाई प्रिमनसुन भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाले प्रिमनसुनको अवधिमा वर्षासँगै हावाहुरी आउने तथा चट्याङ पर्ने सम्भावना बढी हुने र त्यस्को जोखिम हुने भएकाले दैनिक मौसमको जानकारी राखेर होसियार अपनाउनु सर्बसाधारणलाई अपिल समेत गरेका छ।
यस्तो छ आगामी तीनदिनको मौषमी पूर्वानुमान
फागुन १९ गते (सोमबार)
दिउँसोः देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्व र मध्यका थोरै स्थानहरुमा र पश्चिमी पहाडका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बदली रहनेछ। पुर्व पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी तथा मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
फागुन २१ गते (बुधबार)
दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पुर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया