आजको राशिफल २० फाल्गुन ०७६,मंगलवार

rashiphal

फाल्गुण २०, २०७६ – 3 March 2020 , मङ्गलवार


पञ्चाङ्ग :
वि.सं: २०७६ फागुन २०, मंगलबार। इ.स: २०२० मार्च ३। शकसंवत् १९४१ । परिधावी संवत्सर। उत्तरायण । शिशिर ऋतु । ने.सं: ११४० चिल्लाथ्व । फाल्गुण शुक्लपक्ष । अष्टमी, ८:१२ उप्रान्त नवमी । नक्षत्र – मृगशिरा, ३०: ५० बजेउप्रान्त आर्द्रा । योग– विष्कम्भ, ८:३२ बजेउप्रान्त प्रीति। करण– वव, ८:५२ बजेदेखि वालव, २०:५५ बजेउप्रान्त कौलव । आनन्दादिमा राक्षस योग। चन्द्रराशि– वृष, १:३५ बजेउप्रान्त मिथुन। काठमाडौंमा सूर्योदय– ६:२८ बजे, सूर्यास्त– १८:०५ बजे र दिनमान २९ घडी १ पला। भौमाष्टमी व्रत । गोरखकाली पूजा। होलिकारम्भ । चीरोत्थान गर्ने दिवस (चीरस्वाय)। माझी समुदायको लडी पूजा ।

राशिफल :

मेष – सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन ।

वृष – खर्च बढने, गलत विचार बढ्रने, विबाद बढ्रने र काममा अवरोध आउनाले धनको नाश हुन सक्छ ।

मिथुन – अधुरा काम हरु बन्ने अरुको विस्वास आफुतिर रहने आफन्त हरुको उचित सहयोग मिलने छ ।

कर्कट – अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ, सामाजिक प्रतिष्ठा पनि बढ्नेछ ।

सिंह – रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ ।

कन्या – पढाइलेखाइमा ध्यान दिन नसकिएला, साथै रुपैया पैसाको पनि नाश हुने दिन छ विचार गर्नुहोला ।

तुला – नोकरि तथा राजनितीमा मान सम्मान पाउने योग छ । अरुको मन जित्न सकिने छ, ।

वृश्चिक – सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् ।

धनु – व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग गर्लान तर आफन्तको सहयोग चाहि नपाइएला ।

मकर – कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला ।

कुम्भ – काममा समस्याको सामाना गर्नु पर्ला गलत लेनदेनमा समस्या आउन सक्ने छ, जागीरमा सम्मान पाइनेछ ।

मीन – मनमा हौसला बढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने छ, त्यसै त्यसै मन हर्षित भएर आउनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित