आठ जना चिनियाँ कामदारलाई काठमाडौं ल्याइयो

1583213693chinese-3

गाेरखा । माथिल्लो बूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठ जना चिनियाँ कामदारलाई काठमाडौं ल्याइएको छ । उनीहरुको साथमा आवश्यक कागज पत्र नभेटिएपछि सोमबार नियन्त्रणमा लिइएको थियो ।

उनीहरूलाई नौलो नेपाल हाइड्रोपावर कम्पनीले काम गर्नको लागि नेपाल ल्याएको थियो।

प्रहरीका उनुसार आरूघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीबाट सोमबार नियन्त्रणमा लिइएका आठै जनालाई काठमाडौं पठाइएको छ ।

लिङ्घु केशेङ, ट्याङ डाक्वीङ, ट्याङ गुवाङलिन, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन र याङ जियाचुन नाम गरेको उनिहरुलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको प्र जि अ पौडेलले बताउनुभयो ।


आधिकारिक कागजपत्र विना काम गरेको भेटिएपछि नियन्त्रणमा लिएको उहाँको भनाइ रहेको छ । कागजपत्र जुटाउन भनेर यसअघि सचेत गराईरहेको भए पनि नमान्पछि उनिहरुलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार उनीहरूमध्ये केहीको साथमा पर्यटन भिसा मात्रै र केहीसँग भिसा पनि नभएको साथै काम गर्न पाउने स्वीकृति पत्र समेत साथमा फेला नपरेपछि नियन्त्रणमा लिइएको थियो ।

‘पर्यटक भिसामा आएर यहाँ काम गर्न नपाईने भएकोले प्रहरीले पक्राउ गरेको थियो । थप अनुसन्धान र कारबाही अध्यागनले नै गर्ने प्रहरीले जनाएको छ ।

प्रहरी, प्रशासनले कागजपत्र मागेपछि १५ जनामध्ये ७ जनाले काम छाडेका थिए।

प्रतिक्रिया

सम्बन्धित