राजधानीका विभिन्न स्थानमा नगद तथ सुनका गरगहना चाेरी

chori

काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन तेन्जिङ चोकस्थित डेरा गरी बस्ने उदयपुर काफ्ले गाउँपालिका–५ घर भएका दिपक राउत र सोलुखुम्बु पासाङ ल्हामु गाउँपालिका–३ घर भएका दमाई छिरिङ शेर्पाको कोठाबाट नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

यसैगरी काठमाडौं बुढानिलकण्ठ नगरपालिका१० कपन पञ्चकुमारी मन्दिरस्थित डेरा गरी बस्ने सर्लाही घर भएकी अन्जना लुईटेलको कोठाबाट नगद तथा सुनका विभिन्न गहना समेत गरी करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित