उकालो लाग्यो सुनको मूल्य

gold
काठमाडौँ ।
मंगलबार सुनको मूल्य तीन सयले बढेको छ । सोमबार प्रतितोला ७८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तीन सयले बढेर ७८ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ७८ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १५ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित