पूर्वराजाले गरे प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

gyanendra-14
काठमाडौं ।
मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्माओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओलीलाई शाहको सन्देश लिएर आज प्रमुख सचिव पशुपति भक्त महर्जन अस्पताल पुगेका थिए ।

शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित