प्रेस संगठन नेपाल भक्तपुरको पहिलो बिस्तारित बैठक सम्पन्न

pres-sanjeep-kabita

भक्तपुर ।
प्रेस संगठन नेपाल, भक्तपुरको पहिलो बिस्तारित बैठक सम्पन्न भएको छ । नेकपाका भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा जिल्ला अध्यक्ष देउजाले जनप्रतिनिधिको धारणा पार्टीको आधिकारिक धारणा नहुने स्पष्ट पार्दै पत्रकारहरु संगठनलाई सुदृण बनाउँनका लागि मिहेनत गर्न आग्रह गनुर्् भएको छ ।


मंगलवार कौसलटारको वेभ क्याफेमा आयोजित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष देउजाले भन्नुभयो - ” पत्रकार साथीहरुलाई सांसद, मन्त्री र मेयर भन्दा पार्टीका नेता साना हुन् भन्ने भ्रम छ,त्यो नहोस् । कुनै पनि विषयमा पार्टी कमिटीको धारणा नै आधिकारिक धारणा हुन्छ । कम्युनिष्ट पार्टीप्रति आस्थावान पत्रकार जनताको बोली बोक्न सक्ने हुनुपर्ने ।

कार्यक्रमका विशेष अतिथि जिल्ला कमिटीका सचिव डीपी ढकालले पार्टीले पत्रकारलाई विस्वासमा लिन नसक्दा पार्टीको सरकारले गरेका राम्रा कामहरु बाहिर आउँन नसकेको बताउनु भयो । पत्रकारिता गुट, उपगुट र व्यक्ति विशेषको गोटी बन्नु नहुनेमा जोड दिंदै ढकालले भन्नु भयो ,” नराम्रोमा साथ् दिनुस भनेको होइन । तर, राम्रा कामहरु पनि जनतामा पुर्याइदिनुस ।”

कार्यक्रममा अर्का विशेष अतिथि तत्कालिन प्रेस चौतारीका पूर्वअध्यक्ष एवं नवनियुक्त न्युनत्तम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी पत्रकारका हकहितको लागि आफू लागिपर्ने प्रतिवद्धता गर्नुका साथै आफ्नो कार्यकाल संगठनले गर्व गर्न लायक हुने समेत बताउनु भयो ।

कार्यक्रममा प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीका संयोजक नवराज दाहालले भक्तपुरका श्रमजीवी पत्रकारका हकहितका लागि जिल्लाले गर्ने हरेक कार्यक्रममा प्रदेशको साथ् रहने स्पष्ट पार्नुभयो । भक्तपुर कमिटी जाग्दै गरेकोमा सन्तोष व्यक्त गर्दै संयोजक दाहालले नेकपाको बैचारिक संगठन समेत भएकोले पार्टी र सरकारलाई राम्रो काममा हौसला र नराम्रोमा सचेत पार्ने कर्तब्य समेत निर्वाह गर्न निर्देशन समेत दिनुभएको छ ।

बैठकमा उपत्यका प्रदेश कमिटीका सहसंयोजक प्रकाश सिलवालले प्रेस संगठनको औचित्व र महत्वमाथि प्रकाश पार्दै आउँदो शनिवार हुने शपथ ग्रहण समारोहमा अनिवार्य उपस्थितिका लागि आग्रह गर्नुभएको थियो । उक्त अवसरमा भक्तपुर कार्यक्षेत्र भएका प्रेस संगठनका केन्द्रीय सदस्य सोम शर्मा बजगाई, उपत्यका प्रदेश कमिटीका सदस्य रमेश गिरी, भक्तपुर जिल्ला कमिटी सदस्य बाबुकाजी श्रेष्ठ लगायतले भक्तपुरमा प्रेस संगठनको विगत, वर्तमान र भविष्य बारे मन्तब्य राख्नुभएको थियो ।

प्रेस संगठन नेपाल भक्तपुर जिल्ला कमिटीको संयोजक कविता थापाले अध्यक्षता गरेको बैठकको संचालन भने सह संयोजक संजीप शुभचिन्तकले गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य बस्नेत, प्रेस संगठन नेपालको केन्द्रीय सदस्य देवकी घर्ती, प्रदेश कमिटी सदस्यहरु लगायतको आतिथ्यता रहेको उक्त अवसरमा नेपाल सरकारबाट न्युनत्तम पारिश्रमिक निर्धारण समितिमा नियुक्त संगठनका पूर्व केन्द्रीय अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेन्द्र अर्याललाई औपचारिक रुपमै बधाई ज्ञापन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित