अवैध लागूऔषध सहित ३ जना पक्राउ

unnamed_4

काठमाडौं । कीर्तिपुर नगरपालिका–२ ट्याङलाफाँट चाँदनीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ७.१८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय पुजन बास्कोटा र अछाम पञ्चदेवल घर भई कोटेश्वर बस्ने २५ वर्षीय ईन्द्र बहादुर धामी रहेका छन् ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ फारलाईन बस्ने ५७ वर्षीय राम बहादुर बललाई अवैध लागूऔषध गाँजा १ किलो सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले बलको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित