छ किलो सुन सहित ४२ वर्षीय व्यक्ति पक्राउ

gold_4ZzBIADtYS

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट भारत कर्नाटकका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई ४ करोड २७ लाख ५८ हजार ७ सय ७४ रुपैयाँ मूल्य बराबरको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचानाको आधारमा काठमाडौंबाट बीरगंजतर्फ जाँदै गरेको ना.६ख ७८७२ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार अब्दुलले बोकेको झोलाबाट फलामको ब्यरिङहरु बरामद गरी काटेर हेर्दा सो भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको सुन फेला परेको हो ।

पक्राउ परेका अब्दुललाई बरामद सुन सहित थप कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित