नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सईविरुद्ध मुद्दा

 Akthiyar

काठमाडौं ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र रहेको आरोपमा नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक उत्तम कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । भारतको मगध विश्वविद्यालय बोधगयाबाट स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र पेश गरी बढुवा नियुक्ति लिएको आरोपमा नायब निरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि हुन आएकोले कार्कीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया

सम्बन्धित