सुर्खेतमा जिप दुर्घटनाः तीन को मृत्यु, चार घाइते

9c10b801-6f77-3907-9c46-c2aca58765b6_1561985155

काठमाडौं । सुर्खेतको गल्छेनामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी ३९ वर्षीया श्रीमती गोमा बीसी र सुर्खेत घर भएका ५० वर्षीय देबबहादुर खड्का रहेको सुर्खेत प्रहरीले जनाएको छ ।

दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खस्दा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार मृत्यु हुने ३ जनाको घट्नास्थलमै मृत्यु भएको थियो ।

घाइते चारै जनालाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित