ललितपुरमा लाइन अपग्रेडिङ कार्य हुदैं, शुक्रबार बाहेक आइतबारसम्म दैनिक ८ घण्टा बिजुली काटिँदै

790881093Man--kills

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ललितपुरमा शुक्रबार बाहेक आजदेखि आइतबारसम्म दैनिक ८ घण्टा बिजुली काट्ने भएको छ ।

पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ्ग फिडरबाट वितरीत ११ के भी लाइन अपग्रेडिङ कार्य गर्नुपर्ने भएकोले आज बिहान १० बजेबाट साँझ ६ बजेसम्म बिजुली काट्नुपर्ने जानकारी दिएको हो । सो वितरण केन्द्र्रको फिडर अन्तर्गत फर्सीडोल ,डुकुछाप, दनुवार वस्ती, जोर्खु, घुसेल, खोलाखेत एरिया लगायत यस फिडरबाट सप्लाइ लिएका क्षेत्रहरुमा बिजुली काट्न लागिएको हो ।

अपग्रेडिङ कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।

भोली शुक्रबार भने बिजुली कटौती हुने छैन।

प्रतिक्रिया

सम्बन्धित