एआईजीको संख्या ११ पुग्दा पनि सिलवाल अटेनन्, गृहमन्त्रीसामु गुहार गर्दै के भने ?

काठमाडौं । सरकारले नेपाल प्रहरीमा रहेको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को पद संख्या ११ पु-याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा ११ जनाको दरबन्दीलाई स्वीकृत गरेको हो ।  गृहमन्त्री जनार्दन शर्माले सात वटा प्रदेशमा एआईजी खटाउने प्रावधान अन्तर्गत सो प्रस्ताव गरेका हुन् ।

 ११ दरबन्दी अर्थबाट स्वीकृत भएसँगै सोमबार नै प्रहरी प्रधान कार्यालयमा बढुवा समितिको बैठक समेत बसेको थियो । एआइजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले बढुवाका लागि सिफारिस गर्ने गर्छ। बढुवा समितिले एआईजीमा बढुवा हुनेको अन्तिम नामावली आज सिफारिस गर्दै छ । गृहमन्त्री शर्मा श्रीलंकाको भ्रमणका लागि मंगलबार जाने भएकाले त्यसअघि नै नयाँ एआईजीको सिफारिस हुने सम्भावना देखिएको छ ।

 एआईजीमा ११ जनाको दरबन्दी स्वीकृत गरेपछि डीआईजीहरु जयबहादुर चन्द, बमबहादुर भण्डारी, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुसूदन पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम लगायत दाबेदार देखिएका छन् । प्रहरीमा हाल प्रहरी नायब महानिरीक्षक (डीआईजी) चार, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) १०, प्रहरी उपरीक्षक(एसपी) १२, प्रहरी नायब उपरीक्षक (डीएसपी) ७० र प्रहरी निरीक्षक (इन्सपेक्टर) मा २ सय ५० भन्दा बढी पद रिक्त रहेका छन्।

  डिअाईजी नवराज सिलवालको हकमा भने सरकारले कुनै निर्णय नगर्ने भएको छ । किनकी, अाईजीपी बन्न पाउनु पर्ने माग गर्दै  सर्बोच्च अदालतमा पुगेका उनको मुद्दा बिचराधिन रहेको हुँदा सरकारले मुद्दाको टुङगो नलागेसम्म  कुनै निर्णय नगर्ने भएको हो । सिलवालले भने गृहमन्त्री शर्मालाई भेटेर एअाईजी बनाएको खण्डमा  मुद्दा फिर्ता गर्ने प्रस्ताव गरेको गृह स्रोतले जनाएको छ । तर, अदालतको अपमान हुने भन्दै गृहमन्त्री शर्माले सिलवालको उक्त प्रस्तावलाई अस्विकार गरेको बुझिएको छ । उता, सरकारी छानविन समितीले नै सिलवाललाई कार्य सम्पादन मुल्याङ्कनमा कीर्ते गरेको ठहर गरिसकेको हुँदा उनलाई एआइजी बनाउने कुनै संभावना नरहेको स्पस्ट देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित