कोरोना भाइरसका कारण ‘भक्तपुर महोत्सव’ नहुने

Capture_3

भक्तपुर । भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) का कारण ‘भक्तपुर महोत्सव’ नगर्ने निर्णय गरेको छ । ५ दिन सम्म हुने उक्त महोत्सव आगामी चैत ४ गतेदेखि ८ गतेसम्म आयोजना हुने तयारीमा थियो ।


नगरपालिकाले महोत्सवलाई भव्यरुपमा सफल पार्न, होटल व्यवसायी, सांस्कृतिककर्मी, शिक्षा सरोकारवाला, बाजाका गुरुलगायतका पक्षहरुसँग छलफल गर्ने तथा अन्य तयारीको कामलाई तीव्र पारेको भए पनि तत्कालका लागि महोत्सव स्थगित गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

महोत्सवमा हस्तकलाको जीवन्त प्रदर्शनी, दही उत्सव, व्यापार मेला, नौका विहार, शैक्षिक प्रदर्शनी, सांस्कृतिक नाच प्रस्तुत गर्ने कार्यक्रम, परम्परागत वाद्यवादन प्रतियोगितालगायतका कार्यक्रमहरु तय गरिएका थिए ।

त्यस्तै महोत्सवको सन्दर्भमा पर्यटकीय क्षेत्रमा स्तरीय शौचालय, हरियाली प्रवर्द्धन, सांस्कृतिक प्रदर्शनी केन्द्र स्थापना सांस्कृतिक सङ्ग्रहालयको व्यवस्था तथा रात्रिकालीन पदयात्रा सञ्चालन काम अगाडि बढेका थिए ।

प्रतिक्रिया

सम्बन्धित