चौडाइ उपलब्ध हुन नसके पछि उपत्यकाका सडक विस्तारको योजना नबन्ने

सडक

काठमाडौँ । विस्तारका क्रममा रहेका काठमाडौँ उपत्यकाका सडक ठेक्कामा सम्झौता भएको लामो समय बितिसक्दा पनि सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना नबनाउने भएको छ ।

उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि गाह्रो हुने भएको कारणले हाल सडक विस्तारको योजना बनाउने नसकिएको हो । अहिलेको अवस्थामा सडक विस्तारको योजना बनाउन नसकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकामा १० स्थानका सडक विस्तार शुरु गरेको भएता पनि अधिकांश स्थानमा सम्पन्न हुन सकेको छैन ।

शुरु भएका योजना सम्पन्न नभएकै कारण नयाँ योजना बन्न नसकेको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले जानकारी दिनुभयाे । देवकाेटाकाले ‘निर्माणका क्रममा रहेका योजना सम्पन्न गर्नु नै अहिलेको लक्ष्य रहेको बताउनु भयो ।,’ काठमाडौँका धेरै स्थानहरुमा रहेका साँघुरा सडकका कारण स्थानीयवासी घण्टौँ सवारी जाममा पर्ने साथै हाल निर्माणाधीन सडक नै अलपत्र भएपछि सरकारले सडक विस्तारको नयाँ योजना बनाउन नसकेको हो ।

सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनमा पनि निर्माणस्थल खाली भएपछि मात्रै ठेक्का सम्झौता गर्नुपर्ने व्यवस्था हुँदा नयाँ सडक निर्माणको योजना तत्काल नबन्ने देखिएको छ ।

चार वर्ष पहिले शुरु भएका विभिन्न सडक पनि अहिले आयोजनाले चौडाइ नबढाइ कालोपत्र गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित