कतारको लागि श्रम स्वीकृति बन्द

thumb

काठमाडौं । नेपाल सरकारले कतारको लागि श्रम स्वीकृति बन्द गरेको छ । नेपालसहित १४ देशका नागरिकलाई कतारले प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले पनि श्रम स्वीकृति बन्द गरेको जनाइएको छ ।

कतारको निर्णय अनुरुप कामदारलाई श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

करिब ३ हजार नेपाली कामदार अन्तिम श्रम स्वीकृतिपछि पनि कतार जान रोकिएको अनुमान गरिएकाे छ।

गएकाे ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदशे जान अनुमति दिएको थियो भने फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित