सेयर कारोबार बन्द, ६ प्रतिशतले घट्यो

ss_1

काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) ६ प्रतिशतले घटेपछि मंगलबारको कारोबार बन्द भएको छ ।

बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको सेयर कारोबारमा एक घण्टा नपुग्दै ४ प्रतिशतले घटेको थियो । त्यसपछि पहिलो पटक सर्किट लागेको थियो ।

दोस्रो पटक खुलेको बजार ५ प्रतिशत घटेपछि पुनः सर्किट लाग्यो । बजार तेस्रो पटक खुल्दा ६.०२ प्रतिशतले घटेपछि बन्द भएको हो ।

कोरोना भाइरसको त्रासका कारण लगानीकर्ता अत्तालिएका छन् । लगानीकर्ताले आफूसँग भएको सेयर बिक्री गरी क्यासमै रकम राख्न खोजेका कारण सेयर बजार ओरालो लागेको हो।

प्रतिक्रिया

सम्बन्धित