घुस सहित कम्पनी रजिष्ट्रार कार्यालयका नायब सुब्बा र लेखापरीक्षक पक्राउ 

Police arrest
काठमाडौँ ।
कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंका नायब सुब्बा र लेखापरीक्षक घुुस लिएको आरोपमा पक्राउ परेका छन् । अभिलेख अध्यावधिक गर्नका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कार्यलयका नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पाँच हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले नायब सुब्बा पन्थी र लेखापरीक्षक श्रेष्ठबीच पाँच हजार लिनेरदिने क्रममा रंगेहात कार्यालय परिसरबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित